काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनको खबरले स्तब्ध भएको बताएका छन् । आइतबार बिहान ट्विट गर्दै देउवाले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका हुन् ।
उनले लेखेका छन्, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
Facebook Comments Box