hilltake hilltake
 ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज सुन तोलामा ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा ९७ हजार आठ सय रुपैयाँ रहेको थियो।

gimigroup

त्यस्तै तेजाबी सुन पनि तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २५० मा कारोबार भइरहेको छ।

Mahendranagar Post