hilltake hilltake
 गठबन्धन दलहरुले एउटै निर्वाचन चिन्ह लिएर चुनाव लड्न पाउने

गठबन्धन दलहरुले एउटै निर्वाचन चिन्ह लिएर चुनाव लड्न पाउने

काठमाडौं –   निर्वाचन आयोगले गठबन्धन दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरेको हो।

gimigroup Girl in a jacket

‘दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा दिनुपर्ने व्यवस्था गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आयोगले दल दर्ताको लागि निवेदन दिँदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने उल्लेख गरेको छ ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.