hilltake hilltake
 मन्त्रिपरिषद्‌को बैठकका १३ निर्णय सार्वजनिक(निर्णयसहित)

काठमाडाै, ८ असाेज । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालयमा भएकाे पत्रकार सम्मेलनमा मन्त्रिपरिषदकाे साेमबार बसेकाे बैठकले गरेका निर्णयहरू सुनाउनु हुँदै । रत्न श्रेष्ठ

मन्त्रिपरिषद्‌को बैठकका १३ निर्णय सार्वजनिक(निर्णयसहित)

काठमाडौं – बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठक सार्वजनिक गरिएको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने, सचिवहरुको बढुवादेखि सरुवा र नगरपालिकाको केन्द्र सार्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

मन्त्रिपरिषद्‌को  सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गरेको छ। त्यस्तै उनलाई लुम्विनी प्रदेशको प्रमुख सचिवमा पदस्थापना पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा वढुवा गरेको छ। उनलाई महालेखा परीक्षकको कार्यालयको उपमहालेखापरीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको छ।

gimigroup Girl in a jacket

मन्त्रिपरिषद्‌को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको छ।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय समेत गरेको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.