hilltake hilltake
 सशस्त्र प्रहरी बलका सिनियर अधिकृतहरुको लागि प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न 

सशस्त्र प्रहरी बलका सिनियर अधिकृतहरुको लागि प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न 

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि सञ्चालित प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले समापन गर्नुभयो ।

gimigroup Girl in a jacket

सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा प्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पुर्‍याउने बताउनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३ जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, ह्वल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको   थियो ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.