hilltake hilltake
 सलमान खानलाई बन्दुक राख्ने अनुमति दिइयो

सलमान खानलाई बन्दुक राख्ने अनुमति दिइयो

एजेन्सी – बलिवुड अभिनेता सलमान खानलाई बन्दुक राख्ने अनुमति दिइएको छ । भारत सरकारले उनलाई बन्दुक साथमा राख्न अनुमतिपत्र (लाइसेन्स) दिएको हो ।

सलमानले आफूसँग हतियार राख्न दिनका लागि मुम्बई प्रहरीसँग निवेदन दिएका थिए । मुम्बई प्रहरीले उनलाई बन्दुक राख्ने अनुमति दिएको हो ।

gimigroup Girl in a jacket

जुन ५ मा ‘लोरेन्स बिश्नोई ग्याङ’ले सलमानका पिता सलिम खानलाई बिहान ‘मर्निङ वाक’मा हिँडिरहेका बेला ज्यान मार्ने धम्कीयुक्त पत्र छाडिदिएको थियो । पत्रमा उनका छोरा सलमानलाई मार्ने धम्की दिइएको थियो । उक्त धम्कीपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा व्यवस्था कडा बनाउदै रक्षार्थ खटिने सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ ।

एक प्रहरी अधिकारीका अनुसार सलमानले प्रहरी मुख्यालयसँग सम्बन्धित शाखाबाट हतियार राख्ने लाइसेन्स प्राप्त गरेका छन् । उनको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै हतियार राख्ने अनुमति दिइएको मुम्बई प्रहरीले जनाएको छ ।

धम्कीपछि सलमानले आफ्नो गाडीलाई पनि बुलेट पु्रफ बनाएका छन् । अब उनले सेता रंगको बुलेटपु्रफ ल्याण्ड क्रुजर गाडी प्रयोग गर्नेछन् । उनको साथमा हतियारधारी सुरक्षाकर्मीको समूह पनि रहने छ ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published.