hilltake hilltake
 सर्वोच्चद्वारा आइजिपी बढुवाविरुद्ध विश्वराज पोखरेलको रिट निवेदन खारेज

सर्वोच्चद्वारा आइजिपी बढुवाविरुद्ध विश्वराज पोखरेलको रिट निवेदन खारेज

काठमाडौं – सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्ध परेको रिट खारेज गरिदिएको छ ।

धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च पुगेका एआइजी विश्वराज पोखरेलको रिट निवेदन खारेज भएको छ। ६८ दिनदेखि सर्वोच्चमा विचाराधीन रहेको रिटलाई शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेज गरेको हो।

gimigroup Girl in a jacket

पोखरेलले सिंहलाई वरियता मिचेर आइजिपी बनाएकाले बदर गरी आफूलाई नियुक्त गर्न माग गरेका थिए। गत वैशाख १९ गते सिंहलाई सरकारले आइजिपी बनाएको थियो। सिंह भन्दा पोखरेल डेढ वर्ष वरिष्ठ आइजिपी हुन्। सकारले वरियता मिचेर सिंहलाई अवसर दिएको थियो।

Mahendranagar Post