hilltake hilltake
 हामी तेस्रो वर्षमा

हामी तेस्रो वर्षमा

– प्रकाशकीय

अक्सफोर्ड मिडिया प्रा.लि.द्वारा प्रकाशित/प्रसारित महेन्द्रनगरपोष्ट डटकम (www.mahendranagarpost.com) आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ ।

gimigroup Girl in a jacket

महेन्द्रनगरपोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार  र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपालीभाषी आम पाठकहरुका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो ।

पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य सहित दुइ वर्ष अघि महेन्द्रनगरपोष्ट अनलाईन पत्रिका पाठक माझ आएको थियो । पछिल्ला दुई वर्षमा हामीले पाठकको उत्साहप्रद सहभागिता र माया पाएका छौं । जसले हामीलाई अझ दृढतापूर्वक सूचना कर्ममा डट्ने उर्जा प्राप्त भएको छ ।

यही क्रममा हामीलाई थुप्रै कोणबाट सुझाव, सल्लाह र प्रतिक्रियाहरु प्राप्त भएका छन् । जसप्रति हामी सदा आभारी छौं । यस अघिका वर्षहरुमा झैं अबका वर्षमा पनि उत्साहपूर्ण साथ, सहयोगका लागि पाठक, दर्शक, श्रोता तथा विज्ञापनदातालाई विशेष धन्यवाद दिन चाहान्छौं । 

– रवि धामी 
प्रधान सम्पादक
तथा 
महेन्द्रनगरपोष्ट परिवार

Mahendranagar Post