hilltake hilltake
 ‘राष्ट्रिय स्वतन्त्र पार्टी’आजै दर्ता गर्न जाने तयारीमा रवि लामिछाने

‘राष्ट्रिय स्वतन्त्र पार्टी’आजै दर्ता गर्न जाने तयारीमा रवि लामिछाने

काठमाडौं –रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गर्न जाने भएका छन् ।

उनले आज (मंगलबार) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको आज घोषणा गरेका थिए ।

gimigroup

सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको माग गर्नेछ ।

‘हामी भ्रष्टहरूको दिमागमा घण्टी बजाउनेछौँ,’ लामिछानेले भने । लामिछानेले निर्वाचन आयोगबाट फर्केर आजै पार्टीको बैठक बस्ने जानकारी दिए । पार्टी अगाडि बढाउन २१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको उनले बताएका छन् ।

Mahendranagar Post