hilltake hilltake
 चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– हाल प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, बागमती, मधेस र प्रदेश-१ का केही स्थानमा आज बिहान मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश-१ का धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

gimigroup Girl in a jacket

प्रदेश-१ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि प्रदेश-१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश-१ र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Mahendranagar Post