hilltake hilltake
 डडेल्धुरा आलितालका एक पुरुष १८ दिनदेखि बेपता

डडेल्धुरा आलितालका एक पुरुष १८ दिनदेखि बेपता

डडेल्धुरा– डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ बस्ने नैनसिह मडै वेपता भएका छन् । १८ दिने पहिले कञ्चनपुरबाट डडेल्धुरा आएका मडै वसपार्कबाट वेपता भएको आफ्तले बताएका छन् ।

मडै फरक क्षमता भएका तथा बोल्न सुन्न नसक्ने ब्यक्ती हुन । मडै सम्पर्कविहीन भएपछि परिवारले खोजिगरिदिन हुन भन्दै जिल्ला प्रहरीका कार्यालय डडेल्धुरामा निवेदन समेत दिएका छन् ।

gimigroup Girl in a jacket

उनका आफन्तका अनुसार कञ्चनपुको झलारी बजारबाट मिति जेठ ६गते बिहान ८ बजे महाकाली यातायात को ७८७३ नम्बरको हाइसमा डोटिको गैरा बजारको जान भनी आएका उनलाइै डडेल्धुरा बसपार्क पुगाएको परिवारिक स्रोतले बताएको छ ।

हराएका ब्यक्तिको खोजी गरि पाउ भनी पटक–पटक जिल्ला प्रहरी कार्यलय नै पुगेका आलिताल २ का वडाध्यक्ष प्रमोद मल्लले प्रहरीले पनि खोजी कार्यमा सहयोग नगरेको आरोप लगाए । अन्दाजी ५० बर्षीय मडै शारिरीक वर्ण कालो साथमा हरियो झोला र सेतो जुत्ता लगाएका थिए।

उनलाई भेट्ने व्यक्तिले प्रहरी कार्यालय तथा सम्पर्क नम्बर ९८४८८२५६४० फोन गरिदिन आफन्तले अनुरोध गरेका छन् । परिवारको सम्पर्कमा ल्याउने व्यक्तिलाइ बिषेश पुरुस्कारको समेत व्यबस्था गरिने भनिएको छ ।

Mahendranagar Post