दार्चुला – दार्चुलाका स्थानीय तहहरुमा असुल गर्नुपर्ने बेरुजु रकम झण्डै १ करोड ८ लाख पुगेको छ । महालेखाको प्रतिवेदन अनुसार दार्चुलाका पालिकाहरुमा आर्थिक बर्ष २०७७/७८ सम्म असुल गर्नुपर्ने बेरुजु रकम १ करोड ७ लाख ९५ हजार पुगेको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी लेकम गाउँपालिकामा ३७ लाख ९३ हजार असुल गर्नुपर्ने बेरुजु […]Read More
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको छ । आइतबार साँझ विज्ञप्ति जारी गर्दै उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम […]Read More
दार्चुला – दार्चुला जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएपछि वर्षेनी खाद्यान्न अपुग हुने गरेको छ । पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए । पछिल्लो समयमा उत्पादन सिल क्षेत्र कम, खडेरी, उत्पादन क्षेत्र भिरालो, आधुनिक […]Read More
काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण […]Read More
काठमाडौं – म्याग्दे गाउँपालिका-२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ५८ हजार २ सय […]Read More
काठमाडौं – आज साताको पहिलो दिन आईतबार पनि नेप्से परिसूचकले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आईतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा पुगेको छ । नेप्से १.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.७३ अंकले घटेर ३ सय ८६.९४ को बिन्दुमा झरेको छ […]Read More
काठमाडौं – पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ। त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य सुरु गरिएको उद्धार […]Read More
काठमाडौं- सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलबमान […]Read More
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन्। उनले समाजवादोन्मुख लक्ष्यप्रति […]Read More
सुर्खेत – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम […]Read More