काठमाडौँ – सर्वोच्च अदालतमा ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै रिट परेको छ। आज द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित रिट दायर गरेका हुन्। सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।Read More
काठमाडौँ – एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट […]Read More
काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउँदै सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उलङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराए लगत्तै उपसभापति खड्काले […]Read More
गोरखा – राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा सङ्ग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘सवारी शब्दको रूढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रूपमा लिइन्छ । त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि […]Read More
काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी क्षेत्रमा जनगणना नगरिएकोबारे सरकारलाई प्रश्न सोधेका छन्। नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना किन नगरेको भन्दै उनले प्रश्न उठाएका हुन। प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कुँवरले जनगणना नभएको कुरा के हो? भनेर प्रश्न गरे। ‘जनगणनाको तथ्यांक सार्वजनिक भएको छ। त्यो जनगणना गर्दा कालापानी, […]Read More
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या संसदमा उठाएका छन् । प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्माले भूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका छन् । नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून […]Read More
काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरू हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरू निराश रहेको, व्यापारिक सहरहरू उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् । उनले भने, ‘मैले कर तिर्ने वर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरू […]Read More
काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको छ । बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए […]Read More
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अहिलेको अवस्थालाई मात्रै सोचेर नियमावली परिमार्जन गर्नु कति बुद्धिमानी होला ? भन्ने प्रश्न गरेकी छिन्। आइतबार ट्विटरमा भिडियो राख्दै उनले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा परेका केही संशोधन प्रस्तावले निम्त्याएको बहसमा आफ्नो धारणा राख्दै सत्ता समीकरणको जोड घटाउ चलिरहने तथा सत्तापक्ष र प्रतिपक्ष परिवर्तन […]Read More
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले मन्त्रालय हेरफेर गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारको मन्त्रालयहरूमा मन्त्री हेरफेर गर्दै छन् । हाल भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्, भने अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई ऊर्जा र सहरी विकासमध्ये एकमा पठाउने तयारी […]Read More
सिफारिस
