काठमाडौं – सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो । रोकिराखेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।Read More
कञ्चनपुर – भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छ बाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ । वर्षातका बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रह्मदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् […]Read More
प्रहरी महानिरीक्षक सिंहबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनहरूको उद्घाटन
काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्घाटन गरेका छन् । उद्घघाटन पश्चात उनले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गरे। प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान […]Read More
काठमाडौं – नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ । प्रकाशित सूचनाअनुसार प्रहरी वृत्त लैनचौरमा गणेशबहादुर बम, दरबारमार्गमा कोपिला चुडालको काज सरुवा भएको छ । त्यस्तै प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, बौद्धमा हरिबहादुर […]Read More
काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको राजीनामा अस्वीकृत भएको छ । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका छन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि […]Read More
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी
काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन […]Read More
काठमाडौं – सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको […]Read More
विपद् जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर तयारी गर्न प्रहरी कर्मचारीहरूलाई आइजिपी
काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड […]Read More
काठमाडौंमा – सशस्त्र प्रहरी बल नेपालका ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो । सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ । सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोलाRead More
सशस्त्र प्रहरी बलका सिनियर अधिकृतहरुको लागि प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि सञ्चालित प्रशासनिक व्यवस्थापन तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले समापन गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा प्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र […]Read More