काठमाडौँ- लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएका छन् । लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एक जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा […]Read More
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अहिलेको अवस्थालाई मात्रै सोचेर नियमावली परिमार्जन गर्नु कति बुद्धिमानी होला ? भन्ने प्रश्न गरेकी छिन्। आइतबार ट्विटरमा भिडियो राख्दै उनले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा परेका केही संशोधन प्रस्तावले निम्त्याएको बहसमा आफ्नो धारणा राख्दै सत्ता समीकरणको जोड घटाउ चलिरहने तथा सत्तापक्ष र प्रतिपक्ष परिवर्तन […]Read More
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले मन्त्रालय हेरफेर गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारको मन्त्रालयहरूमा मन्त्री हेरफेर गर्दै छन् । हाल भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्, भने अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई ऊर्जा र सहरी विकासमध्ये एकमा पठाउने तयारी […]Read More
काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादव बारास्थित गृह जिल्ला भ्रमणमा पुगेका छन् । उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आज गृह जिल्ला पुगेका हुन् । यादवको स्वागतको लागि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू, जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू र जनता समाजवादी पार्टीका नेता […]Read More
काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यो सरकारले समृद्धि दिन नसक्ने दाबी गरेका छन् । सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अवस्थामा समृद्धि अपेक्षा गर्न नसक्ने बताएका हुन् । अहिले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको उनले बताए । ‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ […]Read More
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन्। गोरखा दरबार क्षेत्रको भ्रमण तथा गोरखकाली दर्शनलगायतका लागि राष्ट्रपति पौडेल आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा पुगेका हुन्। राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाआजासमेत गरेका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्। उनले आज गोरखा बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने […]Read More
प्रचण्डद्वारा मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार: माओवादीलाई गृह, कांग्रेसलाई अर्थ
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयको संख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारेका छन् । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उनले प्रारम्भिक प्रस्ताव तयार पारेका हुन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र […]Read More
काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ। आयाेगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ। आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ। आयोगले चैत १६ […]Read More
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले पार्टी विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तीब्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेका हुनाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीब्रता दिएको छ । मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, […]Read More
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको छ । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उहाँले प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको हो । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । हिजो बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक […]Read More
सिफारिस
