कैलाली-नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेश पुगेका छन्। प्रचण्ड सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्। धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएको बताइएको छ। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी पुगेका छन्। आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचन […]Read More
सर्लाही-नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सिंह १ हजार ७५८ मत ल्याएर निर्वाचित भएका हुन। संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० मत बढी ल्याएर सिंह जिल्ला सभापतिमा विजयी भएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ। रायले १ हजार ३७८ मत मात्र ल्यानुभएको छ। त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि […]Read More
काठमाडौँ -नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको […]Read More
रसुवा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छारिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका छन्। रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली कांग्रेसको बागमती प्रदेश (क) द्वारा आयोजित भेलामा उनले भने, “देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा […]Read More
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, […]Read More
सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाे बताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए । […]Read More
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरिएको छ । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरिएको हो । माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले बैठकमा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार […]Read More
काठमाडौं – सार्वजनिक लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेश गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेका हुन् । एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएका छन् ।Read More
काठमाडौं – नेकपा एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्। आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए। यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे। साथै […]Read More
सुनसरी – सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा एकीकृत समाजवादी, नेकपा -माओवादी केन्द्र_, जनता समाजवादी पार्टीलगायत दलले […]Read More