Author: Nisha Shrestha

काठमाडौं – चलचित्र ‘टुल्की’को ट्रेलर सावजनिक भएको छ । आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने चलचित्रको सार्वजनिक २ मिनेट लामो ट्रेलरमा तीन दाजुभाईको श्रीमती हुनुपर्ने टुल्की पात्रको नियतिलाई प्रस्तुत गरिएको छ । बहुपतिप्रथाको कथावस्तुमा आधारित रहेर निर्माण भएको चलचित्रमा शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ । देवजङ्ग थापाद्वारा निर्देशित चलचित्रमा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा…

Read More

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा डेमो प्रदर्शन गरिएको छ । शितगंगा नगरपालिका-३ को ठाडामा रहेको डमरु दहमा पहिरोमा परेर फसेका तथा डुबेकाहरूको कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा आपत्कालीन डेमो प्रदर्शन गरिएको हो। खोंचमा परेकाहरूलाई कसरी निकाल्ने र उद्धार गर्ने भन्ने बारेमा जानकारी गराउनका लागि डेमो प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । ग्याँस सिलिण्डर चुहावट हुँदा कसरी बच्ने लगायतका विषयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डेमो प्रदर्शन गरेको हो । त्यस्तै, पछिल्लो समय आगलागीका घटना बढिरहेकाले त्यसको बारेमा पनि सचेतना गराइएको थियो ।

Read More

दार्चुला – भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्न खोजेपछि नेपाल र भारतका स्थानीयहरु बीच ढुङ्गा हानाहान भएको छ । महाकाली नदी नेपाल तर्फ डाइभर्ट गर्दा महाकाली नगरपालिका – ४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा पर्ने भन्दै बाङ्गाबगर क्षेत्रका बासिन्दाले डाइभर्ट निर्माणको काम रोक्न खोज्दा स्थानीय बीच ढुङ्गा हानाहान भएको हो । तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदिको डाइभर्सन हटाउने भनि दुई देशका प्रशासनिक अधिकारी बीच सहमति भएपनि भारतीय पक्षले सहमति कार्यान्वयनमा ल्याएको छैन । गत भदौ २४ गते महाकाली नदिमा आएको बढी ले बाङ्गाबगर क्षेत्र को बस्ती र तटबन्धमा ठूलो क्षति पुर्याएको थियो भने सो छेत्रमा…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारले प्रदेश सरकारको औचित्य र भूमिका पुष्टि हुने गरी काम गर्ने दाबी गरे । शुक्रवार धनगढीमा एक टेलिभिजनले आयोजना गरेको दबाबमा अर्थतन्त्र प्रभावमा बजेट वृहत् बजेट बहस कार्यक्रममा बोल्दै मन्त्री शाहीले जनताहरू जनप्रतिनिधि प्रति निकै निराशा भएको भन्दै अब जनतालाई निराशा हुन नदिने गरी आफूहरू काममा लागिसकेको बताए । प्रदेश सरकारले जनजीविका जनचाहाना जनताका आवश्यकता मा केन्द्रित भई कामहरू गर्ने र सुशासन युक्त समाज निमार्णमा लाग्ने बताए । कार्यक्रमका सहभागीहरूले विगतका सरकार सञ्चालन गर्ने जनप्रतिनिधिहरूले सोचे जस्तो काम नगरेको भन्दै प्रदेश सरकारको भूमिका सोचेजस्तो नभएको भन्दै गुनासो गरेका थिए…

Read More

काठमाडौँ – दक्षिणपूर्वी इथियोपियामा फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत सातादेखि फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो । हाल हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ । इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाइएको छ । चिकित्सकहरूलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिइएको छ । सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि (आइतबार) खोप लगाउने भएको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गर्दै यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्। उनले भनेका छन्, ‘देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइँदैछ’, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’ खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको सङ्क्रमणको , अपंगता तथा मृत्यु हुनबाट बचाउन खोप लगाउन आवश्यक रहेको उनले बताएका छन्। यो अभियानमा सहभागीमा भई आफ्ना टोल गाउँका बालबालिका…

Read More

काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा सुरु भएको हो । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजना अनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने जनाइएको छ ।

Read More

विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका छन्। उनी सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् । उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । उनी शनिबार बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् । उनी हाइटेसन लाइनको पोलमा चढेको साढे चार घण्टा भएको छ । अहिले पनि दुहबीबाट झापाको…

Read More

काठमाडौँ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनुपर्ने बताएका छन्। दिगो विकास तथा सुशासन समितिको बैठकमा शुक्रवार उनले यस्तो बताएका हुन् । आफ्नो आवश्यकता बमोजिम सरकारले प्राविधिक र गैर प्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्नेमा उनको जोड छ । देशका लागि आवश्यक जनशक्ति यहीँ उत्पादन गर्न सके मात्रै शिक्षा क्षेत्रको विकास हुने भन्दै उनले सरकारले स्वदेशमै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए।

Read More

काठमाडौँ – नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकालाई प्रशिक्षण दिने भएको छ। एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारी अनुसार आउने जेठ १२ र १३ गते काठमाडौँ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो।

Read More