Author: Nisha Shrestha

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन् । ओलीलाई हिट्लरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताएका हुन् । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौँमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकताबद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरूलाई पुनः आग्रह समेत गरे ।संविधानलाई धुजा धुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकताबद्ध भएर आगामी निर्वाचनमा विजयी हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो…

Read More

काठमाडौं – निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । उजुरी निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताबमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष दिन सकिने व्यवस्था गरिएको छ । यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिनेछ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम उजुरी दिँदा आधार, कारण र सोसम्बन्धी कुनै प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्नेछ । कसैले आचारसंहिता उल्लंघन गरेमा मौखिक रूपमा…

Read More

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरेका छन् । ‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता चाडपर्वले पारिवारिक पुनः मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाड पर्वहरुलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन…

Read More

काठमाडौँ –   मंसिर ४ गते सम्पन्‍न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागू भईसकेको अवस्थामा आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न सक्ने निर्वाचन प्रचार प्रसारलाई सीमित गर्नुको साथै सो दफाको उपखण्ड (क१) ले त्यसरी प्रचार प्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न रोक लगाएको छ। सो व्यवस्था कार्यान्वयनको लागि आयोगले पटक पटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ भने राजनीतिक दलका प्रमुख पदाधिकारीबाट…

Read More

काठमाडौँ – अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो खेलमै जित दर्ता गराएको छ । सुपर १२ को समूह २ अन्तर्गत सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै जिता हात पारेको हो । बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अन्तिम बलका सबै विकेट गुमाउँदै १३५ रनमात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि कोलिन अकेरमन सर्वाधिक ६२ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । बंगलादेशका टस्किन अहमदले ४, हसन महमुदले २ तथा कप्तान साकिब उल हसन र सौम्य सरकारले समान १/१ विकेट लिएपछि नेदरल्याण्ड्स लक्ष्यमा पुग्न सकेन । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २०…

Read More

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको जिकिर गर्दै यसका केही विशेष उदेश्यहरु रहेको बताएका छन् । उनले पाँच दलीय रहरको उपज नभएर बाध्यताको परिणाम नभएको पनि बताएका छन् । सोमबार गठबन्धनमा आवद्ध दलहरुको वाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनका उमेदवारलाई जिताउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले सातै प्रदेशमा भएको शीर्ष नेतृत्वको कार्यक्रमले दल र दलका कार्यकर्ताबीच आपसी विश्वसनीयता र एकता बढाउन सहयोग पुगेको जिकिर गरे । देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताए । उनले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता…

Read More

एजेन्सी – १७३ जना सवार कोरियन एअर लाइन्सको विमान फिलिपिन्समा दुर्घटनामा परेको छ । फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा कोरियन एअर लाइन्सको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । दक्षिण कोरियाको सोलबाट सेबुको लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । यद्यपि दुर्घटनाका बावजुद विमानमा सवार सबै यात्रु सुरक्षित रहेको रोयटर्सले जनाएको छ । खराब मौसमका कारण विमानले विमानस्थलमा दुईपटक अवतरण गर्ने असफल प्रयास गरेको थियो । तेस्रो प्रयासमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गबाट विमान चिप्लिएको जनाइएको छ । दुर्घटनापश्चात विमानमा सवार यात्रुहरुलाई स्थानीय तीन वटा होटलमा सुुरक्षित साथ राखिएको छ । कोरियन एअर लाइन्सले घटनाको कारणबारे…

Read More

काठमाडौँ– यमपञ्चकको तेस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छाडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छिन् । बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ बजे त्यहाँ पुगी उनले पूजा गरेको वडाध्यक्ष जगत महर्जनले जानकारी गराए । परम्पराअनुसार राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति भण्डारी पूजाका लागि यहाँ आएको नवदुर्गा गुठीका सदस्य प्रशान्त मालीले बताए । आज अपरान्ह यो नृत्य मञ्चन गरिने छ । श्वेत भैरवको नृत्य १२ वर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ । यो नृत्य कुनै स्थानीयवासीले पुनःहेर्न गुठीसँग अनुरोध गरेमा सबै सामग्री तयार पार्न लगाएर मञ्चन गराउन पनि सकिन्छ । श्वेत भैरवको नृत्य निःसन्तान दम्पतीले…

Read More

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारेका छन् । डा. भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज काठमाडौंमा आयोजित सम्बोधन गर्दै एउटा आधार र राजनीतिक लक्ष्यसहित गठबन्धन तयार भएकाले कुनै दुविधा राख्न नहुने बताएका हुन् । सुशासन र समृद्धिसहित अगाडि बढ्ने लक्ष्यका साथ आफूहरु अगाडि बढेको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनपछि स्थापना भएका संस्थालाई बलियो बनाउँदै भ्रष्टाचारको अन्त्य गर्ने लक्ष्य राखिएको स्पष्ट पारे । विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा…

Read More