Author: Nisha Shrestha

काठमाडौं – माेटरसाइकल ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृतकाे मृत्यु भएको छ । काम सकाएर अनामनगरस्थित निवास फर्कदै गरेकी अधिकृत आस्था सुब्बालाई बाटाे काट्दै गर्दा माेटरसाइकलले पूर्वी गेट अघि ठक्कर दिएकाे थियाे । उपचारका लागि माेडल अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घाेषणा गरेका हुन् । ०६९ सालमा अधिकृतका रूपमा सेवा प्रवेश गरेकी आस्था राष्ट्रसंघ महाशाखामा थिइन् । कार्यालय समयभन्दा अबेरसम्म मन्त्रालयमा बसेर काम गरिरहेकी उनकाे घर फर्कने क्रममा हिजाे ज्यान गएकाे हाे । ट्राफिक प्रहरीका अनुसार प्रदेश ३ ०० प ३६१६ नम्बरकाे बाइकले अधिकृत सुब्बालाई ठक्कर दिएकाे थियाे । चालक मिलन राना उक्त दुर्घटनामा परेर घाइते छन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्ने कार्यक्रम छ । उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्ने छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक अस्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उद्देश्य नभएको उनले बताए । उनले भने,‘हामीले प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा सम्बोधन गर्न सक्छौँ कि सक्दैनौ हाम्रो अगाडिको प्रश्न पनि यही हो । हाम्रो चुनौती पनि यही हो । निर्वाचन हामी जित्छौँ । निर्वाचन जितिसकेपछि जुधेको त्यो अपेक्षाहरूलाई पुरा गर्न सक्ने इच्छाशक्ति पनि हामीले राख्न सक्नुपर्छ ।’ थापाले यो…

Read More

महेन्द्रनगर – नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ ।…

Read More

काठमाडौं – आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

Read More

काठमाडौं – कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ। असार शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ। हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ। एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ। विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ। हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै…

Read More

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन्। कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मङ्गलवार बयान भएको थियो। बुधवारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

Read More

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More

डोटी – आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिम ११ हजार ५०० म्यादी प्रहरी खटाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार प्रदेशमा ११ हजार ५५९ म्यादी प्रहरी निर्वाचनका लागि खटाइएको छ । कैलालीमा सवैभन्दा बढी दुई हजार आठ सय १२ म्यादी प्रहरी खटाइएको छ । कैलालीमा प्रतिनिधि सभाका लागि पाँच र प्रदेश सभाका लागि १० सिटमा चुनाव हुनेछ । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि २ सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा सवैभन्दा कम सात सय ४९ जना म्यादी प्रहरी खटाइएको छ । प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार सदस्यको…

Read More

काठमाडौँ : चर्चित व्यापारी दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै उजुरी परेको छ । प्रविन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदै दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान र कारवाही गर्न माग गरेका हुन् । अस्पताल व्यवसायी प्रसाईंले झापामा रहेको उनको अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएको तथ्य सार्वजनिक भइसकेको छ । सोही नक्कली धनीपूर्जाको आधारमा प्रसाईंले नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट पाँच अर्ब रुपैयाँ भन्दा धेरै ऋण लिएका छन् । ठूलो ऋण रकम कीर्ते धनीपूर्जाको आधारमा दिइएको तथ्य खुलेपछि नेपालको बैंकिङ क्षेत्रमा समेत खैलाबैला मच्चिएको छ भने नेपाल राष्ट्र बैंकले पनि यो विषयलाई…

Read More