Author: Nisha Shrestha

काठमाडौँ – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्। बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए। सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण…

Read More

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । केहीबेर अघि बहस सकिएसँगै अहिले न्यायाधीशले थुनछेक आदेशको तयारी गरेका छन् । बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए । सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । मंगलबार भने सन्दीपको बयान गराइएको थियो । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ । १७ वर्षीया…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुने गरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छिन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरू वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन् । उनले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याइन्…

Read More

काठमाडौँ – यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६ः ३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक…

Read More

काठमाडौँ – सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जनाएको छ। बिहीबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १० रुपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँ छ ।

Read More

चितवन – कालिका नगरपालिका-७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीनबहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो ।दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

Read More

काठमाडौँ – सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि ललितपुर–३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन्। उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ। अदालतको उक्त आदेशपछि उम्मेदवार कार्कीले प्रचारप्रसारमा तीव्रता दिएकी हुन्। आफूले जित्ने भएपछि षड्यन्त्र गरिएको र त्यसलाई न्यायालयले रोकेको बताउने उनी आफू निर्वाचित हुने दाबी गर्छिन्। ललितपुर–३ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा उक्त गठबन्धनले जित्नुपर्नेमा जोड दिएका हुन् । ‘संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ’, नेता सिंहले भने, ‘निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्त्वपूर्ण रहेको छ । यसै गरी आचारसंहितालाई…

Read More

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर बृद्धिको बिरुद्धमा आन्दोलन गर्ने भएको छ । महासंघले आज शुक्रबार काठमाडौंको माइतिघरमा ब्याजदर वृद्धिको विरोधमा शान्तिपुर्ण विरोध प्रदर्शन गर्ने भएको छ ।आज बैंक तथा वित्तिय संस्थाहरुले ब्यवसायीहरुले धान्नै नसक्ने गरी ऋणको ब्याजदर वृद्धि गरेको भन्दा त्यसका बिरुद्धमा मौन आन्दोलनको आयोजना गरिएको महासंघले जनाएको छ । महासंघले शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म माईतीघरमा मौन विरोध कार्यक्रम गर्ने छ ।

Read More

महेन्द्रनगर – देशभरचुनावी माहोल छ ।विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न अनुमति दिएसँगै राजनीतिक दलले आफ्ना चुनावी सभा गर्न थालेका छन्। शीर्ष राजनीतिक दलहरुले सुदूरपश्चिमबाट चुनावी सभा थालेका छन्। शीर्ष नेताको दौड पनि सुदूरपश्चिममै देखिन्छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बुधबारदेखि सुदूरपश्चिम आइसकेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानका लागि अहिले सुदूरपश्चिममै छन्। देउवा बिहीबारदेखि गृहजिल्ला डडेलधुरामा व्यस्त छन् भने ओली आफ्नो चुनावी अभियान दार्चुलाबाट सुरु गर्न हेलिकप्टरमार्फत गएका छन् । ओलीले…

Read More