Author: Nisha Shrestha

काठमाडौँ – पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पिइएमआरए)ले इमरान खानको भाषण पाकिस्तानका सबै टिभी च्यानलहरूमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पिइएमआरएले राष्ट्रिय सुरक्षाकाे लागि खतरा जनाउँदै भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएकाे हाे । टिभी च्यानलहरूले पूर्वप्रधानमन्त्री खानको कुनै पनि भाषण र प्रेस सम्मेलन प्रसारण नगर्ने बताएको छ । पिइएमआरएले यस्ताे गरेकाे पाइएमा टिभी च्यानलहरूलाई बिनासूचना निलम्बन गरिने पनि जनाएको छ । पिइएमआरएका अनुसार निलम्बन गर्नुअगाडि कुनै पनि च्यानललाई कारण देखाऊ सूचना पनि जारी गरिने छैन । पिइएमआरएले यसअघिको पत्रकार सम्मेलनमा इमरान खानले गरेको टिप्पणीलाई ‘घृणित, निन्दनीय र अपमानजनक’ भनेकाे छ । सूचनामा भनिएको छ कि इमरान खानले ‘देशका संस्थाहरू…

Read More

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आजदेखि सुरु हुँदैछ । कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा सो सम्मेलन जारी रहनेछ । कोप-२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ। विश्वका उस्तै समस्या भएका पर्वतीय मुलुकसँग सहकार्य रणनीति बनाउन नेपालले गत सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी सो विषयमा विशेष घोषणापत्र जारी गरेको थियो। यसैगरी विश्वका धनी र विकसित राष्ट्रलाई आफ्नो महत्वाकाङ्क्षी एनडिसिज र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गरी पुनः बुझाउन अनुरोध गरिनेछ। साथै यसको पालनामा कोपको सचिवालयलाई सक्रिय नेतृत्वका लागि…

Read More

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबिच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो । ‘विगतका आम चुनावमा जस्तै यस पटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ,’रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भने । बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने,…

Read More

काठमाडौँ – प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले बताए । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरू ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिने छन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने डिआइजी राईले बताए । मनाङ जिल्लामा सबैभन्दा धेरै २ सय २८ जना म्यादी प्रहरी परिचालन गरिएको छ । मुस्ताङमा २ सय ८५ जना म्यादी…

Read More

काठमाडौं – जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको प्रतिबद्धतापत्र पत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरूपको कल्पना गरिएको छ । ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरूप सङ्घमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने’ जसपाको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना तथा स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’ जसपाले संघीय संसद र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा…

Read More

भजनी– कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ । कालोपत्र भएर बिग्रेका सडकको मर्मतसम्भार भएपछि सवारी दुर्घटनामा समेत कमी आउने स्थानीय वीरेन्द्र रावल बताउँछन् । ‘सडकको अवस्था निकै नाजुक थियो केही हदसम्म भए पनि समाधान गर्ने प्रयास नगरपालिकाले गरेको छ ।’ नगरपालिकाले बर्सेनि कालोपत्र गरेका सडकहरू एकदुई वर्षमै जीर्ण बन्ने गरेकाले नगरपालिकाले प्राविधिक सुधार ल्याउनुपर्ने स्थानीय वीरेन्द्र साउदले जानकारी दिए । सडकका खाल्डाखुल्डीकै कारण कैयौँ दुर्घटनामा नागरिकहरूले ठूलो मूल्य चुकाउनु परेको बताउँदै सडकलाई एकैनासको बनाउँदा दुर्घटनाको जोखिम कम हुने बताए । उनले भने, ‘केही दिनअगाडि रातिको समयमा मेरो मोटरसाइकल दुर्घटना भयो…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन्। अध्यक्ष ओलीले स्वार्थहरूको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए। प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उनले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताए। अध्यक्ष ओलीले भने, ‘अब हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ। एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौँ। आज कार्तिक १९ गते भइसक्यो। केही दिन भित्र मङ्सिर…

Read More

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि एवम् प्रदेश सभाको निर्वाचन खारेज गर्न माग गरेको छ । नेपालको अहिलेको अवस्था व्यक्ति नभई व्यवस्था नै चुन्नुपर्ने रहेको उल्लेख गर्दै पार्टीले भनेको छ, ‘व्यक्ति फेरेर व्यवस्था फेरिँदैन । व्यवस्था नफेरेसम्म व्यक्ति फेर्नुको कुनै औचित्य छैन । नेपालमा फेर्नु र चुन्नुपर्ने राज्यसत्ता हो । व्यक्ति मात्रै होइन ।’ विज्ञप्तिमा अहिलेको निर्वाचन दलाल पुँजीवादी रहेको यसको खारेजी अनिवार्य रहेको उल्लेख गरिएको छ ।

Read More

विराटनगर – गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिने बताएको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रवक्ता पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएको बताउदै निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने बताए । निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको बताउदै प्रवक्ता पोखरेलले मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने जानकारी दिए । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी…

Read More

डोटी – आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको छ । “डोटी जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयअनुसार २०७९ कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने…

Read More