Author: Nisha Shrestha

काठमाडौँ – आज नेप्से ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ । असोज २ गते यताकै सबैभन्दा धेरै कारोबार भएको छ । असोज २ गते एक अर्ब ६० करोड कारोबार भएको थियो भने आज एक अर्ब ५४ करोडको कारोबार भएको छ । नेप्से २.२५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेको छ । कूल २२८ वटा कम्पनीको ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रूपैयाँ…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनका उम्मेदवार शेखर कोइरालाले सङ्कल्प पत्र सार्वजनिक गरेका छन्। संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि भन्दै उनले सङ्कल्प पत्र सार्वजनिक गरेका हुन्। ‘म तपाईँहरूको मतको अपमान हुन दिने छैन। शिर झुक्न दिने पनि छैन। आगामी मंसिर ४ गते तपाईँहरूको मतबाट हुने विजय हामी सबैको विजय हुनेछ,’ कोइरालाले भनेका छन्। साथै उनले आफू उम्मेदवार भएको क्षेत्र मात्र नभई समग्र राष्ट्रलाई नै असल शासन र समुन्नतिको बाटोमा अघि बढाउन चाहेको उल्लेख गरेका छन्। उनले निर्वाचन क्षेत्रभित्र खानेपानी लगायतको समस्या रहेको…

Read More

काठमाडौँ – संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपाले कात्तिक ३० गतेसम्मका चुनाव विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । राजनीतिक सभाको रूपमा काठमाडौंमा २४ गते, बुटवल र इटहरीमा २६ गते र पोखरामा २८ गते र सुर्खेत र धनगढीमा ३० गते कार्यक्रम राखेका छन् । यस्तै विरोध प्रदर्शन र कोणसभा कात्तिक २६ गतेदेखि २०…

Read More

काठमाडौँ – बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइललमा प्रवेश गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तानले सेमिफाइनलमा ग्रुप वानको विजेता न्युजिल्यान्डको सामना गर्नेछ । भारतले भने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । पाकिस्तान समूह दुई को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको भारतको ४ खेलमा ६ अंक छ । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्का मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १…

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताएका छन् । कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उनले जानकारी दिए । झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्तरुपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने दुष्प्रयास गरे सम्बद्ध दल वा व्यक्तिलाई नै कानुन बमोजिम कारबाही गरिने तर सोही कारण पुनः मतदान हुन नदिनेमा आयोग रहको…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे । उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए । साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए । यस्तै उनले नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको समेत बताए।

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै सात करोड २२ लाख बाँडेका छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिइएको बताए । ‘अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत सङ्कलन गरेर गर्न सक्छन्,’ उनले भने । काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि ९१ र प्रदेश सभा सदस्यका लागि एक सय ७९ उम्मेदवार छन् । यसअनुसार दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख ‘बाटो खर्च’ बाँडेका हुन् । काँग्रेसले आर्थिक उपसमिति बनाएर शुभचिन्तकहरूबाट…

Read More

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला ‍९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर एक हजार दुई सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Read More

बैतडी – मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । कैदी बन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । उक्त मतदान केन्द्रबाट कैदी बन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् । बैतडीमा पाँच कैदी बन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । कैदी बन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ…

Read More

काठमाडौँ – आम निर्वाचन अनुगमन गर्न भारत, बङ्गलादेश, भुटान र मालदिभ्सका प्रमुख निर्वाचन आयुक्त आउने भएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बङ्गलादेशका काजी हबिबुल अवाल र मालदिभ्सका फुवाद थोफिक आउने छन् । श्रीलङ्का र दक्षिण कोरियाबाट निर्वाचन आयुक्त आउनेछन् । उनीहरूलाई काठमाडौँ उपत्यकाका मतदान स्थल अवलोकन गराउन निर्वाचन आयोगले तयारी गरेको छ । सहायक प्रवक्ता भट्टराईका अनुसार जापानको राज्यमन्त्री स्तरीय टोली पनि आउने सम्भावना छ । मतदानको दिन निर्वाचन अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति प्राप्त अनुभवी व्यक्ति र संस्थालाई आयोगले आमन्त्रण गरेको…

Read More