Author: Nisha Shrestha

धवलागिरि – धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिनुभयो । “गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ”, उहाँले भन्नुभयो, “नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।” शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् ।…

Read More

काठमाडौँ – भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत नागरिक आन्दोलन सुरु भएको छ। काठमाडौँको नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन सुरु गरेका हुन्। प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए। उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे। उनले सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताए। ठुला नेताहरू भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने उनको दाबी थियो। उनले भने, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ,…

Read More

काठमाडाैं – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताउनुभएको छ । शनिवार काठमाडौंको नक्शालमा शुरु भएको काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनैपनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भूटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताउनु भयो । उहाँले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि…

Read More

काठमाडौं- नेपाल वाणिज्य महासङ्घले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दर घटाउने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने, नियमित ब्याज भुक्तानी भइरहेको ऋण भुक्तानीको समयसीमा थप गर्न सकिने लगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ । तर मौद्रिक नीतिका समीक्षाबाट गरिएको व्यवस्थाले बजार चलायमान हुन सक्ने अवस्था नरहेको महासङ्घको भनाइ छ । “समीक्षाले खराब कर्जाको जोखिम, बढ्दै गएको मुद्रास्फीति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरे पनि ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्यून छ”, मौद्रिक…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोर किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषि विज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोर किशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाइएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रूपमा स्थान दिइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रूपमा निम्ता गरिनु तत्कालीन…

Read More

काठमाडौँ– चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो । प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मङ्सिरमा ६८ हजार पाँच सय ६४,…

Read More

दार्चुला- दार्चुलामा एक पुरुषको शव फेला परेको छ। शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको दार्चुला प्रहरी ले जनाएको छ। प्रहरी टोलीले उक्त लासलाई नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखेको र लासको हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। मृतकले लगाएको ट्रयाकको खल्तीमा अन्जानी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ। मृतक अन्दाजी ३०/३५ वर्षीय रहेको प्रहरीले बताएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुरका सामुदायिक वनमा चितुवा देखिन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्लाको राजघाट, पुनर्वास, बेलौरी लगायत क्षेत्र आसपासका सामुदायिक वनमा चितुवा देखिन थालेका हुन्। सामुदायिक बनबाट रातिको समयमा चितुवा गाउँमा आएर गोठमा रहेका पशुलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन्। प्रदेश सभा सदस्य ओम विक्रम भाट “सरल” को पहलमा बाघ वा चितुवा के हो भन्ने पहिचान गर्न सामुदायिकमा ४ वटा स्वचालित क्यामेरा जडान गरीएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा डिभिजन वन कार्यालय कन्चनपुरले वनदेवी सामुदायिक वन र सीता सामुदायिक वनमा स्वचालित क्यामेरा जडान गरिएको हो। क्यामेरा जडान पछि प्रदेश सभा सदस्य भाटले स्थानीयहरुलाई सचेत भएर बस्न आग्रह गरे।…

Read More

विराटनगर – विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् । १७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर हात काट्ने अवस्थाबाट जोगाउन सफल भएका हुन् । यसरी…

Read More

काठमाडौं – कञ्चनपुरकी ‘महारानी’लाई हाल क्वारेन्टिनमा राखिएको छ । पाँच वर्षे महारानी नामको बाघले वैशाख ८ मा कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको मृत्यु भएको थियो । तयसपछि डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत निकाय क्रियाशील भई बाघलाई नियन्त्रणमा लिई वैशाख १० गते ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको थियो । सुरुसुरुमा आहारा नखाएर झोक्राए पनि केही दिनयता ‘महारानी’ सामान्य अवस्थामा फर्किन लागेको छ । चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा…

Read More