Author: Saru Shrestha

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी पुगेका छन्। देउवा आज धनगढीस्थित आफ्नै निवासमा बस्ने र भोलि दिउँसो १२ बजे डडेल्धुरा जाने बताइएको छ। बिहीबार (भोलि)देखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा हुनेछन्। उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन्। देउवाले ४ दिनमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने तालिका छ। देउवा १७ गते डडेल्धुरा सदरमुकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुनेछन् भने १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका, २० गते आलिताल…

Read More

धनगढी – धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ। बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ। अहिले धनगढीस्थित अस्पताल लाइन सडक छेउका संरचना हटाइदै छ। यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो। सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ(बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको थियो। ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग…

Read More

धनगढी – नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीमा लामो समयदेखि संघर्ष गर्दै आइरहेपनि स्वच्छाचारी प्रवृत्तिले टिकट नपाएको बताएका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता भण्डारीले पार्टीमा लामो समयदेखि संघर्ष गर्दै आइरहेपनि स्वच्छाचारी प्रवृत्तिले टिकट नपाएको बताउँदै पार्टीमै बसेर संघर्ष गर्ने र कांग्रेस नछाड्ने बताएका हुन् । भण्डारीले जीवनको उत्तरार्धमा जनताको सेवा गर्ने भावना थियो भएपनि स्वच्छाचारी प्रवृत्तिले उम्मेदवारी आफ्नो पक्षमा आउन नसकेपछि पार्टीबाट अलग भएर बस्ने सोच आएको थियो तर स्वविवेकी निर्णयले अलग नहुने निर्णयमा पुगेको बताए । पछिल्लो समय पार्टीभित्र स्वच्छाचारी, नातावाद, हैकमवाद, गुटबन्दी फैलिएकाले त्यसकाविरुद्ध संघर्ष गर्ने उनले उदघोष गरेका छन् । उनले पार्टीमा आफूमाथि अन्याय…

Read More

बुटवल – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि का‌ंग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा नै  प्रधानमन्त्री बन्ने बताएका छन् । उनले  निर्वाचनपछि  सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए । कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदार भएकोले अन्य पार्टीभन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार…

Read More

काठमाडौं – निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबढा’लाई नछुने हाे की के हाे भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रेकेनन् ।

Read More

न्युयोर्क – .गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,।  इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी थिइन्। अक्टोबर १६ देखि १८ सम्म भएको उक्त कार्यक्रम डब्लुएचओले संयुक्त रुपमा आयोजना गरेको हो । जेम्सले उक्त समयमा घटना रिपोर्ट गर्ने योजना बनाएको बताइन्। कथित अपराधी बिदामा छ र अनुसन्धान चलिरहेको छ’,  डब्ल्यूएचओका प्रवक्ताले जेम्सको बयानको बारेमा रोयटर्सलाई भने । आरोपितको नाम गोप्य राखिएको छ…

Read More

भैरहवा – लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो । दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार असोज १३ देखि कार्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले नि:शुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका छन् ।६ वटा रुटमा ५ वटा बसमार्फत…

Read More

काठमाडौ – क्यासिनो व्यवसायी सुरेन्द्रबहादुर सिंह विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा दर्ता भएको छ । क्यासिनो व्यवसाय संचालन गरिरहेका सिंहविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । कन्चनपुर चाँदनी ६ घर भई सुकेधारा बस्ने सिंहले काठमाण्डौ,नेपालगंज र महेन्द्रनगरमा क्यासिनो संचालन गर्दै आएका छन् । उनि सुरुमा क्यासिनोमा कामदारका रुपमा छिरेका थिए । तर, पछि उनले माओवादीको बलमा क्यासिनोबाटै पैसा कमाएका थिए । उनले माओवादीकै बलमा अरुको सम्पति हडपेको भन्दै उजुरी समेत परेको थियो । सिंहले अवैध विदेशी मुद्राको कारोबार, जुवालगायतका गैरकानूनी कारोबारबाट सम्पत्ति आर्जन गरेको आरोप छ । विभागको प्रारम्भिक अनुसन्धानले उनको सम्पति गैरकानुनी रहेको ठहर…

Read More

काठमाडौँ – नेपाल वायुसेवा निगमले यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन नसकेकोमा माफी मागेको छ । निगमको आइतबारको काठमाडौँ(दिल्ली(काठमाडौँको उडान नम्बर आरए-२१७-२१८ र सोमबार उडान नम्बर आरए २०५-२०६ को उडान रद्द हुँदा यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका थिए । निगमले सोमबार विज्ञप्ति जारी गर्दै विशेष कारणले उडान रद्द हुँदा यात्रुलाई असुविधा भएको भन्दै क्षमा मागेको हो । साथै निगमले आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने समेत प्रतिबद्धता जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट उडान व्यवस्थापन गरिने समेत उल्लेख गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले तोकेको नयाँ उडान तालिका अनुसार उडान सञ्चालन नगरेको भन्दै वायुसेवा निगमको…

Read More

काठमाडौँ – सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ । एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ । घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याएको छ । सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस भएको हो । घटनाका वेला एसपी खड्का राजविराजस्थित सशस्त्र प्रहरीको गणपति थिए । उनको कमान्ड कमजोरीले घटना भएको भन्दै छानबिन समितिले विभागीय कारबाही सिफारिस…

Read More