Author: Saru Shrestha

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका काँग्रेस नेता बालकृष्ण खाँणले प्रहरीलाई बयान दिने क्रममा गृहमन्त्रीका रूपमा आफ्नो कार्यकालको बखान गरेका छन् । आफूले नेपालको नाम उच्च राख्ने काम गरेको उनको दाबी छ । नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रयासरत गिरोहबाट प्रयोग भएको आरोप लागेका खाँणले प्रहरीसँग आफू निर्दोष भएको जिकिर गरेका थिए । बयानमा उनले भनेका छन्, ‘म गृहमन्त्री रहँदा संविधान र कानूनको अधीनमा रही देशमा शान्ति सुरक्षा अमनचयन, कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम इमानदारीपूर्वक सम्पादन गरेको हुँ । भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता…

Read More

काठमाडौं – नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई गिरोहका सदस्यहरुले महँगो रक्सी उपहार लिएर भेट्न जाने गरेको खुलेको छ । नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका खेलेका सागर राई,केशव दुलाल र सानु भण्डारीले मदिराका सौखिन रायमाझी र थापालाई महँगो विदेशी रक्सी उपहार दिएर खुशी बनाउने गरेको खुलासा भएको छ । काठमाडौँका दुई होटललाई भेटघाट र रकम उठाउने केन्द्र बनाएका प्रतिकले त्यहीँ बसेर काम गर्ने गरेको र उनलाई भेट्न जाने बिचौलियाहरुले डबल ब्ल्याक लेबल रक्सी लैजाने गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । ूउनले…

Read More

काठमाडौं – दाङको तुलसीपुरमा जीपको ठक्करबाट एक शिक्षिकाको मृत्यु भएको छ। जीपको ठक्करबाट घाइते भई उपचारका लागि बाँके लगिएकोमा दिउँसो २ बजे तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिक सीता लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले बताए। सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिक हुन्। बिहीबार बिहान स्कुल जादै गर्दा हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरीत दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो। जीपको ठक्करबाट गम्भीर घाइते सीताको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज नरसिंह कलेजका…

Read More

काठमाडौँ – २० वर्ष अध्यापन गराएका शिक्षकहरूलाई अवकाश सुविधा दिइने भएको छ । दोलखाको तामाकोसी गाउँपालिकाले शैक्षिक सुधारको लागि २० वर्ष सेवा अवधि पुगेका इच्छुक शिक्षकलाई अवकाश दिएर ससम्मान बिदाइ गर्ने निर्णय गरेको हो । नगरपालिकाले कार्यविधि बनाएर २० वर्षदेखि अध्यापन गराउँदै आएका र ५५ वर्ष माथिका इच्छुक शिक्षकहरूलाई सुविधासहित अवकाश दिन दिन लागेको प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद शर्मा वाग्लेले बताए । उनले प्रशासनसँग भने, ‘यो नगरपालिकाले कार्यविधि नै बनाएर स्वर्णिम अवकाश योजना कार्यक्रम अघि सारिएको हो, अवकाश सेवा लिन इच्छुक हरुका लागी हो कसैलाई जबरजस्ती हुँदैन ’ यसको प्रक्रिया तत्काल अगाडी बढाउने तयारीमा रहेको पनि उनले बताए ।…

Read More

धनगढी – कैलालीको गाैरीगंगा नगरपालिकाका वडाध्यक्षहरुलाई दुई बुदे मागराख्दै ज्ञापन पत्र बुझाइएको छ । बुधबार गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र र वडा मेलमिलाप केन्द्रहरु संयुक्त रुपमा वडाध्यक्षहरुलाई ज्ञापनपत्र बुझाएको हो ।सुशासन मैत्रीपुर्ण वातावरण सिर्जना गर्ने मेलमिलापकर्ता र वडाका अभियानताहरुलाई पालिकाले आवश्यक बजेट विनियोजन गर्नुपर्ने र प्रत्येक वडाहरुमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको मेलमिलाप केन्द्रका संयोजक हेमन्तराज जोशीले(बाजे) बताए ।उनले वडा तथा टोलस्तरमा सुशासन र मेलमिलापको वातावरण सिर्जना गर्न मेलमिलाप कर्ताहरुको महत्त्वपूर्ण भुमिका हुने भन्दै वडा कार्यालय र नगरपालिकाले आवश्यक बजेट तथा कार्यक्रमहरु विनियोजन गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा ११ ओटै वडाका मेलमिलापकर्ताहरु किरण बुढा, चेतराज खडका, जगतराम चौधरी,…

Read More

काठमाडौँ – पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौँले पाँच अभियोगमा मुद्दा दर्ता गरेको हो । खाँणले मन्त्री रहँदा नै ठगी गरेको, सरकारी लिखत किर्ते गराएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा टिम बनाएर परिचालन गरी सङ्गठित ठगीमा संलग्न भएको, राज्यविरुद्धको अपराध गरेको र एकभन्दा बढी अपराधमा एकसाथ संलग्न भई एकीकृत कसुर गरेको अभियोगमा उल्लेख छ ।

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरूको आधारमा बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । अभियोजन दर्ता गरिएकामध्ये काठमाडौँ महानगरपालिका–३० का केशव तुलाधर, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर–१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका-४ घर भई अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईँ रहेका छन् । हुमागाईँ प्रहरीले प्रमुख अभियुक्त भनी किटानी गरेका केशव दुलालकी पत्नी हुन् । ललितपुर ठेचोका निरज राई, काठमाडौँ जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ-६ का मोहनराज राई, बुढानीलकण्ठ १०का…

Read More

महेन्द्रनगर: कन्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई आर्थिक सहायोग प्रदान गरिएको छ । गत बैशाख ८ गते बाघको आक्रमणबाट मृत्यु भएकी बेलौरी नगरपालिका–८ पचुईकी ४२ वर्षीय गंगा चन्दको परिवारलाई १० लाख राहट वितरण गरिएको हो। मृतक चन्दको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मृतकका श्रीमान डम्बर चन्दलाई राहत रकम हस्तान्तरण गरेका थिए। यसअघि मृतक चन्दको परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले किरिया खर्च बाफतको ५० हजार रुपैयाँ सहयोग गरेको थियो। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम नियमानुसार पाउने राहत रकम मृतका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । राहत वितरण कार्यक्रमा…

Read More

कैलाली : बागेश्वरी असल शासन क्लब बास कैलाली शाखाले भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र बुझाएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत बास कैलालीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । बास नेपालले देशभर आफ्नो अभियानलाई तीव्ररुपमा अगाडि बढाएको र सरकारले भ्रष्टाचार नियन्त्रणमा कठोर भएर लाग्नुपर्ने धारणा बास कैलालीका जिल्ला अध्यक्ष चिरञ्जीवी छेडालले राख्ने । ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ । यस्तै भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्द्धनमा जोड दिनुपर्ने, भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने, अख्तियार दुरुपयोग…

Read More

दार्चुला: दार्चुलामा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका वृद्धको मृत्यू भएको छ । बृद्धलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका थिए । उनलाई उपचारका लागि सुरुमा गोकुलेश्वर स्थित अस्पताल लगिएको थियो ।

Read More