बाजुरा – बाजुरामा केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । केही बेरअघि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्प मापनकेन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माकाअनुसार बाजुराको सप्पाटा आसपास केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । पछिल्ला केही सातादेखि बाजुराका विभिन्न स्थानमा केन्द्रबिन्दू बनाएर लगातार भूकम्प गइरहेका छन् ।Read More
पोखरा । ४८ जना प्रहरी जवानका लागि भर्ना खुल्दै छ । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी जवानका लागि भर्ना खोल्न लागेको हो । प्रशासन स्रोतका अनुसार महानगरले सोमबार(भोलि) सूचना प्रकाशन गर्ने तयारी गरेको छ । १५ दिनको समयावधि राखेर महानगरले भर्ना आव्हान गर्दै छ ।Read More
काठमाडौँ – नेपालमा पहिलो पटक अच्युतचण्डी र गणपति विराट महायज्ञ हुने भएको छ । महायज्ञ आगामी वैशाख १० देखि २४ गतेसम्म पशुपतिनाथ एवं वनकाली भगवतीको प्राङ्गणमा हुन लागेको हो । अच्युतचण्डी महायज्ञ आयोजक समितिले आइतबार एक विज्ञप्ति जारी गरेर एक सय कुण्डीय विराट अच्युतचण्डी र गणपति महायज्ञ हुन लागेको जनाकारी गराएको हो । महायज्ञका लागि […]Read More
धनगढी – धनगढी उपमहानगरपालिकामा स्वास्थ्यकर्मीहरुले अनिश्चितकालीन धर्ना दिन थालेका छन् । नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत ६ महिनादेखि तलब भत्ता नपाएको भन्दै आइतबारदेखि अनिश्चितकालीन धर्ना थालेका हुन् । स्वास्थ्यकर्मीहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालका लागि सार्वजनिक विदा बाहेकका दिनमा धर्ना दिने जनाएका छन् । विगत छ महिनादेखि उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको गुनासो उनीहरुको छ […]Read More
काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन्। विगत केही वर्षदेखि मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउँदै धेरै मान्छेलाई अमेरिका लैजाने गरेको पाइएपछि […]Read More
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित नगरपालिका र गाउँपालिकाका लागि खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई […]Read More
तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडक खण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन् । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा […]Read More
धनगढी – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो । उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।Read More
कञ्चनपुर – कञ्चनपुर प्रहरीले झण्डै दुई लाख मूल्यबराबरका कपडा बरामद गरेको छ । आइतबार विशेष सुचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो । सलाई, अस्तर कपडा, नरिवल धुलो र प्लाष्टिक झिल्ली गरि करिब एक लाख ८७ हजार मुल्य बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।Read More
काठमाडौँ – सर्वोच्च अदालतमा ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै रिट परेको छ। आज द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित रिट दायर गरेका हुन्। सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।Read More