Author: Dipak Dhamala

 उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्वर २ मा आज ५ दलीय सत्ता गठबन्धनले ‘बृहत आमसभा’ राखेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् । उनको पक्षमा चुनावी माहोल बनाउन आज बिहान ११ बजे बृहत आमसभा आयोजना गरिएको छ । उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर महागढीमाई पुग्दैछन् । बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ…

Read More

पनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ।निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न पाइने छैन। उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। त्यसपछिको अवधिमा प्रचार गर्न नपाइने र प्रचारप्रसार गरेको पाइए कारबाही हुने उनले बताए। चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन। आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

Read More

काठमाण्डाै – इङ्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलको दोस्रो लेगमा गएराति बायर्न म्युनिखसँग उसकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेले पनि सिटी अन्तिम चारमा पुगेको हो । बायर्नका किमिच र सिटीका हालाण्डले गोल गरे । पहिलो लेगमा बायर्नलाई ३–१ गोलले हराएको सिटीले बायर्नमाथि समग्रमा ४–१ को नतिजा निकाल्यो । यस्तै, बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै इन्टरमिलान पनि सेमिफाइनलमा पुगेको छ । इन्टर मिलान पहिलो लेगमा २–० गोलले विजयी भएको थियो । अब फाइनल प्रवेशको लागि म्यानचेस्टर सिटीले रियल मड्रिड र इन्टर मिलानले एसी मिलानसँग खेल्नेछन् ।

Read More

काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिनेछ । यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति जयपुरमा भएको खेलमा लखनउले राजस्थानलाई १० रनले हरायो । १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो । उसका लागि यशस्वी जयसवालले ४४ र जस बटलरले ४० रन बनाए । बलिङतर्फ लखनउका आवेश खानले ३ र मार्कुस स्टोनिसले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउका केल मेयर्सले ५१ र केएल राहुलले ३९ रन बनाए । बलिङतर्फ राजस्थानका रविचन्द्रन आश्वीनले २ विकेट लिए । दुवै टोलीको ६ खेलमा समान ८ अङ्क भए पनि…

Read More

काठमाडौं– आज बिहिबार माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । माता तिर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा…

Read More

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली , सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। मधेस…

Read More

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो ।  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताए ।  प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

Read More

धनगढी : भीमदत्त नगरपालिका–१३ स्थित महाकाली नदी किनारमा एक जना मजदुरको शव फेला परेको छ। निर्माणाधिन चार लेन पक्की पुलको दक्षिण तर्फको नदी किनारमा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार वडा नं. १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने करिब ६५ वर्षीय रामस्वरुप सुनारको शव आज (बुधबार) बिहान नदी किनारमा भेटिएको हो। स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ। प्रहरी स्रोतका अनुसार उनको शरीरमा कुनै पनि प्रकारका घाउँ, चोट छैनन। अनुसन्धान थालिएको र मृत्युको कारण पोष्टमार्टम रिर्पोटपछि थाहाँ हुने प्रहरीको भनाई छ।

Read More

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  सिंहदरबारमा बैठक बसेकाे हाे ।  नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेकाे हो । प्रमुख तीन दलका शीर्ष नेताबीच तत्काल प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा यसअघि नै सहमति जुटेको थियो ।

Read More