Author: Dipak Dhamala

एक जना सुब्बा ९ हजार रकममा र्याल चुहाउँदा अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्बा रामकृष्ण पंडितले एक जना सेवाग्राहीसँग ९ हजार रुपैंया घुस खाएका कारण अख्तियारले उनीविरुद्ध अभियोग पत्र दायर गरेको छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धामा नासु पण्डित र लेखापढी व्यवसायीले सेवाग्राहीबाट ९ हजार घुस लिएको पुष्टि भएका कारण विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख गरिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीको जलेश्वरमा नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस रिसवत लिएको पुष्टि भएपछि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर…

Read More

दार्चुला – बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका एक जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार भएका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्नालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। आरोपित ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएको उजुरी परेको थियो। बैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए। ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला सदरमुकामको बांगाबगडबाट पक्राउ गरेको थियो। बालिकाको स्वास्थ्य परीक्षण यसअघि नै भएको थियो। आरोपित ठगुन्नाको पनि स्वास्थ्य परीक्षणपछि अदालतबाट म्याद…

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बेङ्गलाेरले पन्जाब किङ्ग्सलाई हराएकाे छ । आज बिहीवार माेहालीमा भएकाे खेलमा बेङ्गलाेरले घरेलु टाेलीलाई २४ रनले हरायाे । बेङ्गलाेरले दिएकाे एक सय ७५ रनकाे लक्ष्य पछ्याएकाे पन्जाब १८ ओभर २ बलमा अलआउट भयाे । उसका प्रभसिमरन सिंहले सर्वाधिक ४६ रन बनाए । यस्तै जितेश शर्माले ४१ रन बनाए । बेङ्गलाेरका माेहम्मद सिराजले चार र वानिन्दु हसरङ्गाले दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनायाे । उसका फाफ डु प्लेसिसले ८४ र विराट काेहलीले ५९ रन बनाए । पन्जाबका…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उजुरी दर्ता गराएकाे छ । प्रधानमन्त्री दाहाललाई कारबाही गर्न माग गर्दै रास्वपाले तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएकाे हाे । बाहलवाला प्रधानमन्त्रीले मतदाता प्रभावित पार्ने प्रयास गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दर्ता गराउनु भएकाे हाे । प्रधानमन्त्री प्रचण्डले बुधबार भएको गठबन्धनको चुनावी सभामा आफ्ना उमेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिँदै भाषण गरेका गर्नु भएकाे थियाे । राज्यशक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु…

Read More

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले देशको अस्तित्व संकटमा पर्न लागेको बताए । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै सङ्कटपूर्ण अवस्थामा रहेको बताए । उनले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताए । उनले एमसीसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताए । उनले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुस्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गरे । प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताए । प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै…

Read More

कर्णालीमा कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद हिक्मत विष्टलाई दिइएको छ । बिहीबार दल नेता जीवनबहादुर शाहीले प्रमुख सचेतकको जिम्मेवारी विष्टलाई दिएका हुन् । विष्ट कालिकोट (ख) बाट निर्वाचित सांसद हुन् । प्रदेश सभामा यसअघि नेकपा माओवादीले मात्र सचेतक तोकेको थियो ।

Read More

काठमाडौं – नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कुबेर कडायत, केदार ढकाल, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र बिकाश राज खनाल रहेका छन्।समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका…

Read More

रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ)को चिठ्ठा परेको छ। पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गरेका हुन् । स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४औं संस्करणमा पदमले यो रकम जितेका हुन् । पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भने ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’ विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदमले अहिले यूएईमा गाडी…

Read More

बाँकेको राप्तीपारि क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १० वटा घर जलेका छन् । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । हिजो बेलुका नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । उहाँका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ । यसैगरी, नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो निभाइएको छ ।

Read More

कैलाली जिल्लास्थित १३ वटा स्थानीय तहहरुको बेरुजु रकम २ अर्ब ६५ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ प्रतिवेदन अनुसार सो बेरुजु देखिएको हो । स्थानीय तहमा स्रोत साधनको प्रक्षेपण यथार्थ नभएको, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नभएको, गत वर्षको बेरुजु असुली नभएको, अनुगमन प्रणाली राम्रो नभएको, वितरणमुखी कार्यक्रम बढी भएको र आन्तरिक लेखा नियन्त्रण प्रणाली कमजोर भएको औंल्याएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधिले अवलम्बन गर्न नसक्दा बेथिति बढ्दै गएको महालेखा परीक्षककले बताएको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी घोडाघोडी नगरपालिकाको र सबैभन्दा कम बेरुजु बर्दगोरिया गाउँपालिकाको देखिएको छ । कुन पालिकाको कति…

Read More