Author: Dipak Dhamala

काठमाण्डाै – आज विश्व बसोबास दिवस । समावेशी सहरबस्तीको आवश्यकता, सबैको साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदैछ । नेपालको संविधानले समावेशी विकासको अवधारणा अवलम्बन गरेको छ । साथै हरेक नागरिकलाई उपयुक्त आवासको व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ। आवासको हकलाई मौलिक हकको रुपमा राखिए पनि कार्यान्वयन भने सन्तोषजनक हुनसकेको छैन । अझै पनि कतिपय सीमान्तकृत र अति विपन्न वर्ग सुरक्षित आवास कार्यक्रममा समेटिएका छैनन् । यस्तै, भौगोलिक रुपमा विकट र प्राकृतिक विपद्को उच्च जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणमा पनि चुनौती देखिएको छ । केही दिनअघिको वर्षाका कारण आएको बाढी पहिरोका कारण विस्थापित भएका विपन्न वर्गका नागरिकलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न पनि चुनौती देखिएको…

Read More

काठमाण्डाै – लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ। कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ। बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ। बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ। असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए। उनले कृषितर्फ बाढीले पुर्याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताए। “हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ”, उनले भने, “वडा नं ५, ६, ७,…

Read More

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो । तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो । यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ । हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको थियो । यो विश्व कपमा आयोजक अष्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान,…

Read More

काठमाडौं- नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो । कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो । कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ ९२० मा भरतकुमार शाही, ३ ९२० का गोविन्दराज जोशी, ३ ९२० कै लक्ष्मण शाही र…

Read More

काठमाडौं- हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली  रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक(दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।  बुधबार पहाडी भूभागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Read More

भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ । कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर प्रतिस्पर्धामा हुनुहुन्छ । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको छ । नेतृत्व चयनको लागि आज मतदान हुने र पर्सि मतगणना हुने बीबीसी हिन्दीले जनाएको छ । मतदानमा देशभरका ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष पदका दाबेदार खड्गे र थरुरले कांग्रेसको खस्किँदो अवस्थालाई सुधार गर्ने र आउँदो चुनावमा विजयी बनाएर देशको नेतृत्व गर्ने दाबी गरेका छन् । नेतृत्व छान्न २२ वर्षमा पहिलो पटक हुन लागेको…

Read More

काठमाडौं- समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।

Read More

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ। मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ। त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ। मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सिटमा विजयी हुनुपर्छ। कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख्यमन्त्री आफ्नो भागमा सुरक्षित राख्ने रणनीति जसपा अध्यक्ष यादवले बनाएका छन्। जसपा प्रवक्ता मनीष सुमनका अनुसार जसपाले एमालेसँग नभई सत्तारुढ दलहरूसँग गठबन्धन…

Read More

काठमाण्डाै – गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ । आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको छ । यस्तै, दोस्रोमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको छ । नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यसहित ३५ पदक, वाग्मतीले १० स्वर्णसहित ३६, गण्डकीले आठ स्वर्णसहित २८ र एनआरएनएले चार स्वर्णसहित ११ पदक जितेका छन् । यस्तै, मधेस प्रदेशले दुई स्वर्णसहित आठ र सुदूरपश्चिमले एक स्वर्णसहित १० पदक जितेका छन् । लुम्बिनी र कर्णाली प्रदेशले अहिलेसम्म…

Read More

काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एक/एक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् । साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा। प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् । समितिमा सत्ताको नेतृत्व गरेको दल कांग्रेसबाट जिम्मेवारी पाएका महतले निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलको…

Read More