Author: महेन्द्रनगर पोष्ट

धनगढी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितले नेपाल-भारत सीमा क्षेत्रको अनुगमन तथा धार्मिक क्षेत्रको दर्शन गरेका छन्। (आज) बिहीबार नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेका हुन्। उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेको बताइएको छ। सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री मोदीसँगै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि थिए।

Read More

कञ्चनपुर : व्यापारीहरुले कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको छ। प्रहरीले चाडपर्वको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गरेको उनले बताए । व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ मौन रहेको भन्दै दुखः समेत प्रकट गरेका छन् । प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिकजन्य सामानको गोदाममा छापा हानेको थियो। त्यहाँबाट ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो। प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ। बुधवार फेरि कञ्चनपुर प्रहरीले नौ…

Read More

धनगढीः  कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ का ४८ वर्षीय कृष्णप्रसाद चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई जिल्ला अदालत कैलालीले जबरजस्ती करणीको आरोपमा २०७६ पाल्गुन २१ गते १ हजार जरिवाना र १ वर्ष कैद तोकेकोे थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। चौधरीलाई कारबाहीको लागि आजै अदालत पेश गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिकाे अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्। स्रोतका अनुसार अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। र, उपसचिवमा कन्दकला रानाले पनि उम्मेदवारी फिर्ता लिन करिब सहमति भसकेको छ। उनले उम्मेदवारी फिर्ता लिए उपसचिवमा भागरथी विष्ट चयन हुनेछन्। कमिटिकाे सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन्। उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर बिक पनि सर्वसम्मत भएका छन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन्। को हुन् जैसी ? कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित…

Read More

धनगढी: एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन्। सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन्। सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन्। उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन् । अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउद को उम्मेदवारी परेको छ। उपसचिवमा महिलातर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ। उनीहरु बीच पनि सहमतिको प्रयास भइरहेको छ।

Read More

बैतडी: बैतडीको श्रीभावर–हाट सडकखण्ड अवरुद्ध भएको छ । पुर्चौडी नगरपालिका– ७ कोटिला गोफा खोला नजिकै सुख्खा पहिरो जाँदा खण्ड अवरुद्ध भएको हो । गएराति गएको सुख्खा पहिरोले सडक खण्ड अवरुद्ध भएको प्रहरीचौकी पुरघाटले जनाएको छ । पहिरो गएर सकड अवरुद्ध भएपछि यात्रु समस्या परेका छन् । सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरुबीच उपसचिव पदमा सहमति नहुँदा अधिवेशन लम्बिदै गएको छ । शनिवारदेखि सुरु भएको अधिवेशन विहीबारसम्म पनि अधिवेशनले पदाधिकारी तथा नेतृत्व चयन गर्न सकेको छैन । उपाध्यक्षमा मनोनयन दर्ता गरेका पाँच जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन । अध्यक्षका उम्मेदवार भरत साउदले आफ्नो पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति भए अध्यक्ष र सचिव पदमा उम्मेदवारी फिर्ता लग्ने सर्त अघि सारेका छन् । अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट हुन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए…

Read More

काठमाडौं : भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अस्पतालमा उपचार जारी छ ।

Read More

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट ६२० मिलिग्राम लागुऔषधसहित कैलालीको धनगढी उपमहानगरपालिका–४ का २९ वर्षीय सञ्जय चौधरी र ३० वर्षीय कृष्ण चौधरी बुधबार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मोटरसाईकलमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा लागुऔषधसहित फेला पारी दुवैजनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा अवैध सामानसहित एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का बिष्णु गुप्तालाई उनकै घरबाट करिब नौँ लाख मुल्य बराबरका अवैध सामानसहित प्रहरीले पक्राउ गरेको हो। गुप्ताले घरमा सञ्चालन गरेको पसलबाट र उनकै भीमदत्त नगरपालिका–१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छलीका करिब ९ लाख मुल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु फेला पारी नियन्त्रयमा लिएको हो। बरामद गरेको सामान र गुप्तालाई कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More