Author: Mahendranagar Post

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराएका थिए। त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल भएका सल्लाहकार पोखरेलले बताए।

Read More

काठमाडौं : नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेलाई कारबाही सिफारिस भएको छ । शंकास्पद रकम लेनदेनबारे परेको उजुरी उपर भएको छानबिनमा कारबाही सिफारिस भएको हो । डिआइजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले केही दिनअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उनको केही आर्थिक कारोबार शंकास्पद देखिएको र त्यसको बैधानिकता पुष्टि गर्न नसकेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस भएको स्रोत बताउँछ । वीरगञ्जका व्यवसायी राज साहसँग टेलिफोनमा लेनदेन बारे गरेको कुराकानीको अडियो बाहिरिएपछि पाण्डेमाथि छानबिन भएको थियो । उजुरी दिनेले हुन्डी कारोबारीलाई जोगाएर लाभ लिएको दाबी गरेका थिए । तर, हुन्डी कारोबारीलाई जोगाएको पुष्टि हुन नसकेको बरु…

Read More

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन्। बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन्। भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ। प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टको भ्रमण गर्ने कार्यतालीका छ। ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने कार्यतालीका रहेको छ। प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ। बेलायत…

Read More

धनगढी : कैलालीमा ट्रकसहित झण्डै दुई लाखरुपैयाँ बराबरको अवैध तरकारीसहित एक जना ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ चटकपुरको दक्षिणकाली क्षेत्रबाट सोही ठाउँ बस्ने ४७ वर्षीय संतिश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले नेपालगंजको रुपडिया नाकाबाट युपी ७६ के ८२१४ नम्बरको भारतीय ट्रक र भारत घर भएर धनगढी बस्ने चालक गुप्तालाई नियन्त्रणमा लिइएको बताए । गुप्ताले ट्रकमा ल्याइरहेको ३० टन आलु मध्ये २६ टनको भन्सार काटेको देखिएपनि ४ टनको भन्सार नकाटेको देखिएपछि नियन्त्रण लिइएको चन्दले बताए । एक लाख ८० हजार…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाबाट ६ दशमलव ६५ ग्राम लागुऔषधसहित सोही स्थानका २३ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन्। शुक्रवार साँझ उनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषध तौल गर्ने एक थान तराजुसहित पक्राउ गरेको हो।

Read More

धनगढीः कैलालीमा सरकारी गाडीको दुरुपयोग बढ्दै गएको पाईएको छ। सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडी कैलालीमा जनप्रतिनिधि र कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेकाे हो । आज (शनिबार) मात्र कैलालीका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ८ वटा गाडी नियन्त्रणमा लिएको छ। शनिबार सरकारी गाडी व्यक्तिगत कामका लागि धेरै चलेको स्थानीयले बताएका छन्। कतिपय सरकारी कामका बेलासमेत कर्मचारीले साधन नपाउने गरेको गुनासो उस्तै छ। तर कैलालीमा कतिपय अध्यक्षहरूले लिएका बाइकहरू कहाँ छन् कुनै पत्तो छैन। कर्मचारीले खोजीनिती गरे दबाब आउँने एक कर्मचारीले बताए । सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ। सरकारी कामबाहेक…

Read More

धनगढीः चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालकी कराते खेलाडी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छन्। ६८ केजी तौल समूहमा भएको फाइनलमा कजाकस्तानकी खेलाडीसँग पराजित भएपछि एरिका रजत पदकमा चित्त बुझाउनुपरेको छ। नेपाली कराते इतिहासमा एसियाडमा पहिलो रजत पदक प्राप्त भएको हो। यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले एसियाडमा रजत पदक ल्याएका थिए। यसअघि नेपालले महिला कबड्डी टिममा कास्य पदक जितेको थियो। अब करातेको ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्।

Read More

डडेल्धुराः नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्षमा तुलाराम सार्की चयन भएका छन्। शनिबार सम्पन्न अमरगढी नगर कमिटीको भेलाले सार्कीलाई अध्यक्षमा चयन गरेको हो । तत्कालीन अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्याग गरेपछि सार्कीलाई नगर अध्यक्ष चुनिएको हो। अध्यक्ष सार्कीले पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियता पुर्वक अघि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने बताए। उनी लामो समयदेखि माओवादी केन्द्रमा क्रियाशील रहेका छन्।

Read More

इजरायल : प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन्। दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन्। उनीहरू लर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए। हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरिन्। त्यस्तै उनले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन्। विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन्। आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने…

Read More

धनगढी : बझाङमा रुखबाट खसेर बालकको मृत्यु भएको छ । जयपृथ्बी नगरपालिका–७ खगेडाका पदमराज सार्कीका ८ वर्षीय छोरा बिजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खसेर बिजयको टाउँकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More