Author: Mahendranagar Post

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करार समूहतर्फ कार्यरत डा. अमृत जैशीको अवैध डेन्टल रहेको पाइएको छ। धनगढीमै जैशीले अवैध रुपमा डेन्टल खोलेर सञ्चालन गरेको पाइएको हो। धनगढीको राष्ट्र बैंक चोक नजिकै संजिवनी अस्पतालसँगै जैशीको डेन्टल केयर छ। उनले केही समय अवैध रुपमा सो डेन्टल चलाएर अहिले बन्द अवस्थामा राखेका छन्। डेन्टल सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। तर, जैशीले अनुमति बिना डेन्टल चलाएको खुलेको हो। जैसीले आफूहरु दर्ता र अनुमति लिने प्रक्रियामै रहेको र स्वास्थ्य कार्यालयले अनुमती दिन ढिलाइ गरेको बताए। उनका अनुसार अनुमतिका लागि १ वर्ष कुर्दा पनि फाइल कार्यालयमा थन्किएको छ। उता स्वास्थ्य कार्यालय कैलालीले भने…

Read More

कञ्चनपुरः वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। टे«न्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन्।चार बिघा जग्गामा रानाले उखु खेती गरेका छन्। ‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो, उनले ‘एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु।’ चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ।‘उत्पादित उखु चिनी मिलले…

Read More

काठमाडौं : आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात आज कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।ग्रहणका बेला नित्य कर्म गर्नुहुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण वि.सं. २०८० मा…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी निरीक्षक कैलाश लिम्बुले भारतमा ‘बिएसएफ ट्रफि फोर प्रोफिसेन्सी इन आउटडोर’ उपाधि हाँसिल गरेका छन्। भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडमीमा सञ्चालित ‘आएपियस ७५ आरआर’ समूहमा सहभागी उनलाई उक्त उपाधि दिइएको हो।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिकाले २४ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा २४ जना कर्मचारी माग गरेको हो। करार सेवाका लागि खुलाइएको विज्ञापनमा १५ दिन भित्र आवेदन दिन भनिएको छ । आवेदन फारम नगरपालिकाको वेवसाइटमा राखिएको छ।

Read More

काठमाडौं: आज आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्नेको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने धार्मिक विश्वास छ । माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल…

Read More

काठमाडौँ :”हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

बैतडी : बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल कात्तिक १२ गते दशरथचन्द प्रतिष्ठान र ग्वाल्लेक क्रिकेट क्लबबीच हुने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । सोही दिन मेलौली नगरपालिका र टिम क्वालिटी कैलपालबीच पनि खेल हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख गरिएको छ । चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन् । प्रतियोगिताका सबै खेल श्रीकृष्ण माविको खेलमैदानमा हुनेछन् । प्रथम हुने टिमले रु. एक…

Read More

दाङ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ पर्षीय मोहन कोइराला पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो। बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाबाट सुविधा लिँदै आएका थिए। ‘कुनै कार्यालय वा संघसंस्थाका कर्मचारीको कमजोरी पत्ता लगाई उनीहरूसँग रकम बार्गेनिङ गरी असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन…

Read More