Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराका एक व्यक्ति  दिउँसै राँको बालेर न्याय खोजी रहेका छन्। जिल्लाको परशुराम नगरपालिका- ३ (बुङा) शीर्षका दत्तराम पाण्डेय न्यायकाे खाेजीमा दिउँसै राँको बालेर न्याय खोजी रहेका हुन्। पाण्डेय आफ्नो जमिन फिर्ता पाउ भन्दै विगत लामो समयदेखि आन्दोलित छन्। परशुराम नगरपालिका- ४ सुनखर्कमा रहेको परिगाउँ नहरको मुलदेखी पूर्व, सुनखर्कदेखी पश्चिम, रज्यौडा बस्तीदेखी दक्षिण र रगुन नदीदेखी उत्तरमा रहेको २०५३ सालदेखी भोगचलन गर्दै आएको करिब चार विगा जमिन आफ्नो भएको र उक्त जमिन फिर्ता पाउँ भन्ने उनको माग छ। ‘२०५३ सालमा मेरो परिवारसहित स्थानीयहरुले सुनखर्कमा खनजोत र टहरा निर्माण गरेका हौं,’ उनले भने, ‘अरु स्थानीयको जमिन भोगचलनमा रहेको भए पनि मेरो…

Read More

काठमाडौं : सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। हिजो सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

Read More

काठमाडौं : कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा ८४ रनको सानदार साझेदारी गरेपछि नेपालले ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमै पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । कुशलले ७४ रन बनाए । नेपाललाई विजयका लागि ५ रन आवश्यक भएको समयमा उनले लङ अफमा क्याच दिए । ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । कुशल र आसिफले नौ ओभरमै ८४ रन जोडी विजयको आधार बनाएका थिए । १० औं ओभरको पहिलो बलमा अक्ष्य पुरीले आसिफलाई बोल्ड गरि…

Read More

बैतडी : बैतडीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन्। पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

बैतडी :  बैतडीको पाटनमा आइतबार देखि सुरु भएको तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)मा तीन खेल हुने छन्। पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्र लिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका एवं ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन्। १७ टोली सहभागी प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुने टिमले रु ५५ हजार पाँच सय नगदसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Read More

काठमाडौ : टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालका कुशल भुर्तेतले अर्धशतक प्रहार गरेका छन् । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेतलले २६ बलमा अर्धशतक प्रहार गरेका हुन् । यस यस क्रममा उनले २ छक्का र ६ चौका प्रहार गरेका छन् भुर्तेललाई अर्का ओपनर आशिफ शेखले २० रन बनाएर साथ दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष…

Read More

तनहुँ : तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ। भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार भानु नगरपालिका–४ फलाखेत बस्ने २४ वर्षीय धनबहादुर तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय राजकुमार तामाङ अरिङ्गालले टोकेर घाइते भएका थिए। दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको थियो। घाइतेमध्ये राजकुमार तामाङको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। अर्का घाइते धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ।

Read More

मुगु : मुगुस्थित छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरिले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजार (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरिले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ। हत्या अनुशन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको थियो। आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताएका थिए। शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको…

Read More

दाङ: दाङमा प्रहरीले पक्राउ गरेको एक व्यक्ति फरार भएका छन्। मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली शौचालय जान्छु भन्दै भागेका हुन्। उनी स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए। उनको अहिले खोजी भइरहेको एसपी केसीले बताए।

Read More

काठमाडौँ: आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज भइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। तर, सिंगापुरले लगातार विकेट गुमाउन पुगेको छ। सिंगापुरले ११  ओभरमा  ७५ रन जोड्दा आफ्ना ५ विकेट गुमाएको हो। उसका लागि सर्वाधिक रन बनाएका रोहन रङ्गराजा ४६ रनमा आउट भएपछि क्रिजमा आएका अमर्त्या कउल पनि शुन्य रनमा आउट भए।दशौं ओभरमा पूर्वकप्तान सन्दीप लामिछानेले पाचौं विकेट लिएका हुन्। लामिछानेले १०।२ ओभर जनक प्रकाशलाई आउट गरेका छन्। त्यसअघि सिंगापुरका सुरेन्द्र चनद्रमोहन सन्दीप लामिछानेको बलमा ६…

Read More