Mahendranagar Post

राजनीति विशेष समाचार

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको […]Read More

विश्व समाचार

पुटिन ब्रेन डिसअर्डरबाट पीडित भएको खुलासा

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’ बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ । क्रेमलिननजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरुले यस्तो दाबी गरेका हुन । खुफिया गठबन्धनमा अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत, अमेरिकाका गुप्तचर अधिकारी छन् । युक्रेनमा […]Read More

विशेष समाचार

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन व्यवस्था गरिएको दाबी गरेका छन् । आज आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री सो बताएका हुन् । ‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं,’ उनले भने, ‘यस्तो […]Read More

राजनीति विशेष समाचार

बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । एमालेको निरन्तरको अवरोधका कारण करिव ३ महिनादेखि अनिश्चित बन्दै आएको बैठक आइतबार दिउँसो १ बजेको लागि आह्वान गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको बैठक करिब तीन महिनापछि आज बस्ने तय भएको हो । प्रदेशसभा बैठक […]Read More

अर्थ समाचार

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ-  साताको पहिलो कारोबारको दिन आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मुल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । गत शुक्रबार तोलाको १ लाख २ हजार ६०० रुपैंया रहेको सुनको मूल्य आज २०० रुपैंयाले बढेर प्रतितोलाको १ लाख २ हजार ८०० रुपैंया पुगेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोलामा ६०० […]Read More

समाचार समाज

सप्तरीको टेंगरीमा आगलागीमा १३ घर जलेर नष्ट

सप्तरी — सप्तरीको टेंगरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवको घर अगाडि राखिएको रुखको पातबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, […]Read More

समाज

सप्तरीमा भीषण आगलागी

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ मा रहेको टेङ्ग्री टोलमा भीषण आगलागी भएको छ । गएराति लागेको आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घरमासमेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीकाअनुसार आगलागीबाट दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । गएराति […]Read More

राजनीति विशेष समाचार

कांग्रेसले आजदेखि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दै

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसले आजदेखि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुभारम्भ गर्दैछ। स्थानीय तहको निर्वाचनको तयारीका लागि केन्द्रीय प्रतिनिधि जिल्लामा परिचालन गरेर कांग्रेसले एक महिने अभियानको प्रारम्भ आतइबार गर्न लागेको हो। सबै जिल्लामा एकै दिन एकै समयमा दिउँसो १ बजे एकसाथ जिल्लास्तरीय रूपमा उद्घाटन समारोह हुने सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उद्घाटन समारोहमार्फत अभियानको उद्देश्य, […]Read More

राजनीति समाचार

कांगेस सिन्धुपाल्चोकको फेरि मतदान हुँदै

सिन्धुपाल्चोक- नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे । पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३  (२६.९८ प्रतिशत) मत मात्र […]Read More

राजनीति

जसपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ। जसपा संघीय परिषद्को पहिलो बैठक हिजो (शनिवार) सम्पन्न भएको थियो । सो बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक […]Read More