Mahendranagar Post

समाचार स्वास्थ्य

थप ६५ जनामा कोरोना पुष्टी,१९२ जना कोरोना मुक्त

काठमाडौं – नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा १९२ जना कोरोनामुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ जना पुगेको हो । त्यस्तै नेपालमा थप ६५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७९४७ जनाको नमूना परिक्षण […]Read More

राजनीति विशेष समाचार

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, […]Read More

Uncategorized राजनीति विशेष समाचार

निर्वाचनमा गठबन्धन गरेर जाने कुनै निर्णय छैन : महामन्त्री थापा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय का‌ंग्रेसले नगरेकाे बताएका हुन् । अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन बनाउने सन्दर्भमा कुनै अलमल नरहेको बताए । […]Read More

विशेष समाचार

सरकारले बेवास्ता गरे ८ गतेदेखि एकतर्फी भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौं – यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले […]Read More

मनोरञ्जन समाचार

‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक धामीलाई अवार्ड

बैतडी – ‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अवार्ड प्राप्त भएको छ । सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट उनलाई सम्मानित गरिएको हो । उक्त गीतमा गायक धामी र गायिका पूर्णकला बिसीको आवाज छ भने विनोद बाजुरालीको म्युजिक एरेन्ज छ । म‌ंसिर २०७७ मा रिलिज भएको उक्त गीत […]Read More

विशेष समाचार

मध्य बानेश्वरमा एक युवकमाथि खुकुरी प्रहार

काठमाडौँ – स्काठमाडौंको मध्य बानेश्वरमा युवकमाथि खुकुरी प्रहार गरिएको छ । गत बिहिबार अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए । पीडित परिवारले अछाम घर भएका ३८ वर्षीय कपील भण्डारीले खुकुरी हानेको दाबी गरेका छन् । खुकुरी हानेको घटना महानगरीय प्रहरी वृत बानेश्वरले गुपचुप राखेको […]Read More

राजनीति विशेष समाचार

प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव पेश

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरिएको छ । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरिएको हो । माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले बैठकमा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार […]Read More

राजनीति विशेष समाचार

एमाले सांसदहरूको अवरोधबीच सार्वजनिक लेखा समितिद्घारा वार्षिक प्रतिवेदन पेश

काठमाडौं – सार्वजनिक लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेश गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेका हुन् । एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएका छन् ।Read More

राजनीति विशेष समाचार

भारतले डोजर चलाएर नेपाली भूमि अतिक्रमण गर्दा सरकार मौन बसेकोमा

काठमाडौं – नेकपा एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्। आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए। यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे। साथै […]Read More

राजनीति समाचार

सुनसरीमा नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त

सुनसरी – सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा एकीकृत समाजवादी, नेकपा -माओवादी केन्द्र_, जनता समाजवादी पार्टीलगायत दलले […]Read More