Author: Mahendranagar Post

कैलाली: डाक्टर अमृत राज जैशीले आफूले अवैध डेन्टल केयर सञ्चालन नगरेको बताएका छन्। महेन्द्रपोष्टले शनिवार ‘सेतीका डाक्टरको धनगढीमै अवैध संजिवनी डेन्टल !’ शिर्षकमा प्रकाशित गरेको समाचारको खण्डन गर्दै उनले आफू हाल सेती प्रादेशिक अस्पतालमा र्कारत नरहेको तथा संजिवनी डेन्टल आफ्नो नभएको दाबी गरेका हुन्। उनले उक्त डेन्टर केयर धनगढी संजिवनी पोलिक्लिनिकले सञ्चालन गरिरहेको र आफू त्यहाँ कर्मचारीको रुपमा काम गर्ने बताएका छन्। यस्तो छ उनले पठाएको खण्डन: श्रीमान सम्पादक ज्यूमहेन्द्रनगर पोष्ट विषय :– समाचार खण्डन गरि सम्प्रेषण गर्नेबारे । उपरोक्त विषयका सम्बन्धमा म डा अमृत राज जैशीको बारेमा हिजो तपाइको अनलाइन पत्रिकामार्फत सम्प्रेषण भएको मसँग सम्बन्धित समाचार पूर्णतह भ्रमपुर्ण र…

Read More

अछाम: अछाममा जीप दुर्घटना भएको छ। सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जीप दुर्घटनामा परेको हो। गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जीप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ। जीपमा चालक धनबहादुर थापा मात्रै रहेको बुझिएको छ। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो।

Read More

महेन्द्रनगर : नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु-याएको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ। सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा…

Read More

कैलाली: लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताले भरिएको कैलालीबाट फेरि चारजना समातिएका छन्। टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट ९९० मिलिग्राम ब्राउन सुगरसहित टीकापुर नगरपालिका वडा न १ का २२ वर्षीय नरेश रावल र २४ वर्षीय प्रदीप भण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र कुमालको नेतृत्वमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस्तै भजनी नगरपालिका–२ गौनियाबाट एक ग्राम १९० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित सोही नगरपालिका–१ का २६ वर्षीय तपेन्द्र बोहरा समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। से७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी…

Read More

नयाँदिल्ली : भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई ओटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन्। रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सो दुर्घटनामा पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।

Read More

बैतडी: बैतडीको पाटनमा आइतबारदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) सुरु भएको छ। पाटन–६ स्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटनसहित दुई खेल सम्पन्न भएका छन्। पाटन क्रिकेट क्लबले आयोजना गरेको खेलको उद्घाटन नगरप्रमुख गौरीसिंह रावलले गरेका थिए। प्रतियोगिताको दोस्रो दिन आज तीन खेल हुनेछन्। पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्त्र लिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका एवं ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन्। १७ टोली सहभागी प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ र द्वितीय हुने टिमले ५५ हजार पाँच सय नगदसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Read More

कञ्चनपुरः  कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–५ का पंकज चन्द पक्राउ परेका छन्। उनलाई अदालतले लागुऔषध  मुद्दामा ४ महिना कैद सजाए सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका महाकाली नगरपालिका–९ का लखन रावल पक्राउ परेका छन्। रावललाई १ वर्ष कैद, ५ महिना ४ दिन कैद र २ हजार रुपैँया जरिवाना तोकिएको थियो। चनद पनि सोहि दिनबाटै फरार रहेका थिए। चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका–४ का युवराज शाहु आइतवार पक्राउ परेका छन्। शाहुलाई अदालतले ९ महिना कैदको सजाए सुनाएको थियो। तीनै जनालाई हिजो अदालतले सजाय भुक्तानको लागि…

Read More

काठमाडौँ : नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएको पाइएको छ। यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार  हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ। उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ। हाजिर नभए  सेवाबाट हटाइने बताइएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

लण्डन : नेपालका अर्थमन्त्री डा प्रकाशशरण महत शनिबार साँझ लण्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन महत बेलायत आएका हुन् । ३१ अक्टोबर दिउसो लन्डन म्यान्सन हाउसमा ‘इमर्जिङ नेपालस् अपरचुनिटिज फर इम्प्याक्ट इन्भेष्टमेन्ट एण्ड ट्रेड’ विषयक सम्मेलन हुँदैछ । बेलायत सरकारसँगको समन्वयमा दूतावासले लगानी सम्मेलन गर्न लागेको हो । मन्त्री महतका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी छन् । हिथ्रो विमानस्थल टर्मिनल ४ मा उत्रँदा मन्त्रीलाई राजदूत ज्ञानचन्द्र आचार्य, कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ लगायत पदाधिकारी र व्यवसायीले स्वागत गरेका थिए । मन्त्री…

Read More