Author: ravidhami

काठमाडौंं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास पूर्वाधार पूर्ण बन्दै गएकाले विरोधीहरूलाई छटपटाएको बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिwकाले शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारको विकास देखेर विरोधीहरूलाई छटपटाहट भएको बताएका हुन् । ‘‘एमालेको सरकार बन्दैनथ्यो भने भ्यूटावर राख्ने सोंच आउँदैनथ्यो, यत्तिको विकास गर्ने सोंच आउने थिएन,’ उनले भने, ‘विकास गर्नुपर्छ हाम्रै पालामा हुनसक्छ भनेर अभियान अघि सारेका छौं, यसले देशको विकासको चिन्तनमै फरक ल्याएको छ, ओलीले भने । ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको समेत…

Read More

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । डा.केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए । २००३ देखि एनआरएन अभियानमा होमिएका डा.केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७…

Read More

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागमा अपराह्न पछि एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यता शुक्रबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा…

Read More

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरूको ज्यान सुरक्षित रहेको बताएका हुन् । उनले उद्धारको कार्य सम्पन्न भए पछि उनीहरूको पुनर्स्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए । युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको…

Read More

२५ फागुन, काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बुधबार बसेको बैठकले खपत घटाउने गरी काम गर्न विभिन्न निर्देशन दिएको हो । सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्नेदेखि इन्धन बिक्रीमा कोटा तोक्ने र भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेसम्मको उपाय अबलम्बन गर्न निर्देशन दिइएको समिति सभापति बिमल श्रीवास्तवले अनलाइनखबरलाई जानकारी दिए । बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन…

Read More

काठमाडौं । नेपाल चिकित्सक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाएको छ । चिकित्सकहरुको सेवा–सुविधा तथा स्तरवृद्धि लगायतका बिषयलाई समेट्दै संघका पदाधिकारीहरुले बुधबार ज्ञापन पत्र बुझाएका हुन् । संघीय संरचना अनुसार स्थानीय तहमा कार्यरत चिकित्सकहरु जीवनभर नै सोही निकायमा मात्र कार्यरत रहनुपर्ने भएकाले चिकित्सकहरुको क्षमता तथा वृत्तिविकासमा बाधा पुगेको संघले बताएको छ । त्यसैले चिकित्सकलाई संघ अन्तर्गत नै राखेर स्थानीय तथा प्रदेश तहमा परिचालन गर्न उनीहरुले माग राखेका छन् । त्यसैगरी, मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई कार्यक्षेत्र खटिनुपूर्व स्वास्थ्य दुर्घटना बिमा तथा दीर्घकालीन रोगको सम्बन्धी बीमा अनिवार्य गर्न संघले अपिल गरेको छ । ‘नेपालका चिकित्सकहरुलाई अन्य देशका चिकित्सकहरुको…

Read More

२५ फागुन, काठमाडौं । बजारमा डण्डीको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । एक महिनामा प्रतिकिलो ३६ रुपैयाँसम्म मूल्य बढेको हो । गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ थियो । तर, फागुनको तेस्रो साता सकिंदा बजारमा डण्डीको मूल्य १२४ रुपैयाँ पुगेको पाइएको छ । एक महिनाको बीचमै डण्डीको मूल्य प्रतिकिलोमै ३६ रुपैयाँले बढ्दा पनि सरकारी अनुगमन र बजार हस्तक्षेप भने शून्य छ । डण्डीको खुद्रा बिक्रेताहरुकाअनुसार डण्डी उत्पादकहरुले एक महिनाको अवधिमा हरेक दिन एक रुपैयाँका दरले मूल्य बढाइरहेको छन् । उत्पादकका कारण खुद्रामा डण्डी बिक्री गर्नै कठिन भएको राजेश हार्डवेयरले…

Read More

२५ फागुन, काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौ-दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ । अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो । भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान शुरु गर्ने तयारी गरिरहेको छ ।

Read More

२५ फागुन, काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाएको छ । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर श्रम डेस्क हटाएका हुन् । अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृतिको जाँच गर्नेछन् । वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएको थियो । वैदेशिक रोजगारीमा जाने…

Read More

२५ फागुन, काठमाडौं । युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्ने गरी पीडितको चरित्रहत्या गर्ने भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले दुई जना युट्युबरलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले मिडिया नेपाल नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्‍ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका- ४ शेषमती बस्‍ने २७ वर्षीय निशासन चिलवाललाई बुधबार पक्राउ गरेको हो । उनीहरुले ती युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए । पक्राउ परेका दुई…

Read More